
सिट संख्या र निर्वाचन क्षेत्र छनोटको कारणले गठबन्धन भत्किँदैन : कांग्रेस सचेतक विश्वकर्मा


सत्तारूढ नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले सत्तारूढ दलहरूको नेपाली कांग्रेससँग दूरी नबढेको बताएका छन् ।
आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस सचेतक विश्वकर्माले सत्तारूढ दलहरूको नेपाली कांग्रेससँग दूरी बढ्ने परिस्थिति नबनेको स्पष्ट पारेका हुन् ।
उनले पाँचदलीय गठबन्धनबाट परिणाम उपलब्धीमुलक भएको प्रतिवेदनसमेत सार्वजनिक भइसकेको उल्लेख गर्दै गठबन्धन टुट्छ कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए । सचेतक विश्वकर्माले सिट संख्याको कारणले अथवा निर्वाचन क्षेत्र छनोटको कारणले गठबन्धन नभत्किने विश्वास व्यक्त गरे ।
उनले सत्तारूढ घटकले समाजवादी केन्द्र बनाएमा राम्रो हुने टिप्पणी पनि गरे ।
- राजेन्द्र लिङ्देनको व्यंग्य- वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने दिन नआओस्
- राष्ट्रिय सहमितबारे एमालेलाई माओवादीको जवाफ- पहिलो ठूलो दल कांग्रेसलाई धरहराबाट हेर्नुपर्ने कि सगरमाथाबाट?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न- अर्कोचोटि विश्वासको मत लिने कार्यसूची कहिले छ?
- प्रधानमन्त्रीले वैदेशिक सम्बन्ध बिगार्नुभयो, विश्वासको मत दिँदैनाैं : ओली
प्रतिक्रिया