
सात जिल्लाका प्रहरी प्रमुख फेरिए, ११ एसपीको काज सरुवा


प्रहरी प्रधान कार्यालयले सात जिल्लाका प्रहरी प्रमुखसहित ११ जना प्रहरी उपरीक्षकहरूको काज सरुवा गरेको छ । काज खटाइएका जिल्लाहरूमा केही प्रहरी अधिकृतको बढुवा र केहीको समयावधि पुगेकाे थियाे ।
जिल्ला प्रहरी परिसर भक्तपुरसहित जिल्ला प्रहरी कार्यालयहरू कपिलवस्तु, रौतहट, मकवानपुर, बारा, डोटी र कास्कीका जिल्ला प्रहरी प्रमुख फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले भक्तपुरमा प्रजित केसी, कास्कीमा अजय केसी, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत, बारामा होविन्द्र बोगटी, रौतहटमा बीरबहादुर बूढा मगर, मकवानपुरमा वामदेव गौतम र डोटीमा दिलीप घिमिरेको काज सरुवा गरेको हो ।
यस्तै एसपीहरू भक्तपुरमा रहेका शिवकुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, एकेडेमीमा रहेका अनुपम शमशेर जबरा इन्टरपोल शाखा, विश्व अधिकारी यूएन शाखा र गंगा पन्त उपत्यका प्रहरी कार्यालयमा काज सरुवा भएका छन् ।
- पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य आलमबीच भेटवार्ता
- नक्कली सर्टिफिकेट पेस गरेर सबइन्जिनियरको जागिर खाने रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती कर्मचारीको प्रत्येक ५ वर्षमा एक तह बढुवासहित तहगत व्यवस्थाको माग
- सशस्त्रद्वारा ट्रकमा लुकाएर भारत लैजान लागेको १४३ किलो गाँजा बरामद
प्रतिक्रिया