निर्यातको लागि अनुदानभन्दा उत्पादन विशेष : विनोद चौधरी

नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष तथा सांसद विनोद चौधरीले औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनुपर्ने बताएका छन् ।

आइतबार उद्योग परिसंघको १९ औं साधारणसभाको उद्घाटन समारोहमा बोल्दै चौधरीले औद्योगिक क्षेत्र व्यवस्थित र प्रतिष्पर्धी बनाउनको लागि निजी सरकारी साझेदारी अवधारणाअनुसार औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनुपर्ने बताएका हुन् ।

उनले विगतदेखि घोषणा भएका औद्योगिक क्षेत्रहरूको पृष्ठभूमि सकारात्मक खालको नभएको बताए । सांसद चौधरीले खालि औद्योगिक क्षेत्रको नाममा पर्खालको घेरा लगाएर औद्योगिक क्षेत्रको नाम दिँदैमा औद्योगिक क्षेत्र जीवन्त नहुने दाबी गरे ।

चौधरीले सरकारले निर्यात उद्योगलाई विगतदेखि अनुदान दिँदै आए पनि अनुदान दिएअनुसार निर्यात बढ्न नसकेको बताए । उनले अनुदानभन्दा पनि निर्यातको लागि उत्पादन विशेष हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर