युक्रेनको ओडेसामा रुसले गरेको क्षेप्यास्त्र आक्रमणको अमेरिकाद्वारा भर्त्सना

अमेरिकाले युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले गरेको क्षेप्यास्त्र आक्रमणको भर्त्सना गरेको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले विज्ञप्ती जारी गर्दै युक्रेनमा उत्पादन भएको खाद्यान्न निर्यात गर्न दिने सहमति भएको २४ घण्टा पनि नपुग्दै रुसले त्यसको उल्लंघन गरेको आरोप लगाएका छन् ।
‘संयुक्त राज्य अमेरिका रुसले युक्रेनियन बन्दरगाह ओडेसामा गरेको क्षेप्यास्त्र आक्रमणको घोर भर्त्सना गर्दछ’ विदेशमन्त्री ब्लिन्केनले भनेका छन, ‘युक्रेनियन कृषि उत्पादन ब्लाक सी हुँदै निर्यात पुन शुरु गर्न अनुमति दिने सम्झौताको २४ घण्टापछि नै खाद्यान्न तथा कृषि उत्पादन निर्यात हुने ऐतिहासिक बन्दरगाह शहरमा रुसले क्षेप्यास्त्र आक्रमण गरेर त्यसको उल्लघन गरेको छ।’
विदेशमन्त्री ब्लिन्केनले क्रेमलिनले युक्रनेमाथि आक्रमण गरेर पहिलेदेखि नै लाखौ नागरिकको बचाउ तथा सुरक्षालाई निरन्तर रुपमा अनादार गर्दै आएको बताएका छन् ।
‘ब्लाक सीमा नाकाबन्दी गरेर रुसले युक्रेनको अर्थतन्त्रको प्राण लिन र विश्वको खाद्यान्न आपूर्तिलाई रोकेर भोकमरीमा पार्न खोजेको छ’ ब्लिकेनले भनेका छन् ।
उनले यो आक्रमणले राष्ट्र संघ, टर्कीको पहलमा गरिएको सम्झौता रुसी प्रतिबद्धतामा गम्भीर शंका उत्पन्न गराएको पनि बताएका छन् ।
युक्रेन विश्व खाद्यन्न बजारमा निकै महत्वपूर्ण रहेको भन्दै ब्लिन्केनले विश्वभर देखिएको खाद्यान्न संकटका लागि रुस जिम्मेवार भएको आरोप लगाएका छन् ।
‘रुसले यो आक्रमकता रोक्नै पर्छ र सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्छ’ ब्लिन्केनले भनेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर