भारतले चीनसँगको सीमामा ‘एस ४००’ मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गर्ने

भारतले रुसबाट खरिद गरेको दोस्रो’एस फोर हन्ड्रेड’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली चीनसँगको सीमा क्षेत्रमा तैनाथ गर्ने भएको छ ।
भारतीय सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै दिएको समाचारअनुसार सो प्रतिरक्षा प्रणाली २-३ महिनाभित्र सञ्चालनमा आउने छ ।
‘एस फोर हन्ड्रेड’को तैनाथीले भारतले शत्रु पक्षको लडाकु विमान, रणनीतिक बम्बर, क्षेप्यास्त्र तथा ड्रोनलाई टाढैबाट पत्ता लगाएर नष्ट गर्ने क्षमतालाई बढाउने छ ।
यो स्थलबाट वायुमा प्रहार गर्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली हो । फेब्रुअरी २४ मा रुस-युक्रेनबीच युद्ध शुरु भएपछि पहिलो पटक यस्तो प्रतिरक्षा प्रणाली बाहिर निर्यात गर्न लागेको हो ।
यो प्रतिरक्षा प्रणालीलाई पानीजहाज तथा विमानबाट भारतमा ल्याउने काम भैरहेको छ ।
चीनले भारतसँगको वास्तविक नियन्त्रण रेखा नजिकै पूर्वी लद्दाख क्षेत्रमा आफ्नो गतिविधि बढाएको समयमा नया प्रतिरक्षा प्रणाली सञ्चालनमा ल्याउन लागिएको हो ।
पछिल्लो समयमा वास्तविक नियन्त्रण रेखा १० किलोमिटरभित्र युद्धक विमान नउठाउने सम्झौता उल्लंघन गर्दै चीनले केही समयअघि लडाकु विमान उडाएको थियो ।
पहिलो खेपको एस फोर हन्ड्रेड क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भारतले डिसेम्बरमा प्राप्त गरेको थियो ।
चीन र पाकिस्तानको चुनौतीलाई सामना गर्नका लागि भारतले त्यसलाई उत्तर पश्चिम क्षेत्रमा तैथान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *