
द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति, प्रधानन्यायाधीशले गराए सपथ

द्रौपदी मुर्मूले भारतको १५ औं राष्ट्रपतिको सपथ लिएकी छिन् । भारतको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश एनवी रमन्नाले सपथ गराएका छन् । मुर्मू भारतको दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् । सपथग्रहण समारोह नयाँ दिल्लीस्थित संसदको सेन्ट्रल हलमा आयोजना गरिएको थियो ।
द्रौपदी मुर्मू राष्ट्रपति बन्नु भन्दा अघि झारखण्डको राज्यपाल र उडिसा प्रदेशको मन्त्री बनेकी थिइन् । विपक्षी दलहरुले मुर्मूविरुद्ध अटल बिहारी वाजपेयी सरकारको अर्थतन्त्री यशवन्त सिन्हालाई उम्मेदवार बनाएका थिए । जुलाई २१ मा सार्वजनिक गरिएको मत परिणामअनुसार कुल सदर मतको ६४ प्रतिशत मत मुर्मूले प्राप्त गरेकी थिइन् ।
२० जुन १९५८ मा मयूरभंज जिल्लाको बैदापोसीमा गाउँका मुर्मूको जन्म भएको थियो । उनको पति विरंचीनारायण टुडू गाउँका मुखिया थिए । स्नातकसम्मको अध्ययन गरेकी मुर्मूले कुनै समयमा उडिशा सरकारमा ‘क्लर्क’ थिइन् । राजनीतिमा आउनका लागि उनले सो पदबाट राजिनामा दिएकी थिइ्न् ।
उनी सिंचाइ र ऊर्जा विभागमा जुनियर सहायक भएर काम समेत गरिन् पछि उनी शिक्षण पेशामा समेत आबद्ध भइन् ।उनी भाजपाको टिकटबाट सन् २००० देखि सन् २००९ सम्म दुईपटक उडिसा विधानसभामा निर्वाचित भइन ।
उनले उडिशाको मन्त्रिमण्डलमा समेत काम गरिसकेकी छन् । उनी दुई कार्यकाल विधायक र दुईपटक मन्त्री भइसकेकी छन् ।
सन् २००७ मा उनलाई उडिशामा सर्वश्रेष्ठ विधायकका रुपमा नीलकण्ठ अवार्ड प्रदान गरिएको थियो । उनको पति र दुई छोराको निधन भएको छ । उनको एक मात्रै विवाहित छोरी छिन् ।
- पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य आलमबीच भेटवार्ता
- नक्कली सर्टिफिकेट पेस गरेर सबइन्जिनियरको जागिर खाने रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती कर्मचारीको प्रत्येक ५ वर्षमा एक तह बढुवासहित तहगत व्यवस्थाको माग
- सशस्त्रद्वारा ट्रकमा लुकाएर भारत लैजान लागेको १४३ किलो गाँजा बरामद
प्रतिक्रिया