मौद्रिक नीतिपछिको दोस्रो दिन पनि शेयर बजारमा उत्साह, नेप्से परिसूचक ५४.४५ अंकले वृद्धि

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकपछि शेयर लगानीकर्ताहरु उत्साहित भएसँगै नेप्से बढ्न थालेको छ ।

मौद्रिक नीति पछिको पहिलो कारोबारको दिन आइतबार ६१.०५ अंकले बढेको नेप्से सोमबार ५४.४५ बिन्दुले बढेर २१३२.९६ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.०५ अंक बढेको छ भने फ्लोटइण्डेक्स ४.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०३ अंक बढेको छ ।

सोमबार कारोबारमा आएका २१४ कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर ४ अर्ब १० करोड ६८ लाख रुपैयँ बराबरको शेयर कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि बढेको छ । आईतवार २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोकारमा आएका नेप्सेका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । फाइनान्स उपसमूहको सूचक सबैभन्दा बढी ७.९० प्रतिशतले बढेको छ । यस्तै विकास बैंक उपसमूहको सूचक पनि ५.८४ प्रतिशतले बढेको छ ।

सोमबार नेप्से सूचक उच्च अंकले बढ्दा १८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । कारोबार रकमको आधारमा १५ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर