इराकमा आईएसको आक्रमण, ३ जनाको मृत्यु, ५ घाइते

इराकी प्रान्त सलाहुदिन र दियालामा इस्लामिक स्टेट (आईएस) लडाकुहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा दुई सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका छन् ।

चरमपन्थी आईएस लडाकुहरूले इराकी राजधानी बगदादबाट करिब १२० किलोमिटर उत्तरमा रहेको समारा शहर नजिकै अर्धसैनिक हशद शाबी चौकीमा आक्रमण गर्दा दुई हस्द शाबी सदस्यहरू मारिएको बताइएको छ ।

मारिएका सदस्यहरू शिया धर्मगुरु मोक्तादा अल–सद्रप्रति वफादार सशस्त्र समूह सराया अल–सलाम तथा शान्ति कम्पनीहरूसँग सम्बद्ध रहेको स्रोतले बताएको छ ।

त्यस्तै आइतबार अबेर राति आईएस लडाकुहरूले दियालाको प्रान्तीय राजधानी बाकुबाको पूर्वमा अवस्थित एउटा गाउँमा आक्रमण गर्दा बग्दादबाट करिब ६५ किलोमिटर उत्तरपूर्वमा एक गाउँलेको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको एक प्रान्तीय सुरक्षा स्रोतले सिन्ह्वालाई बताएको छ ।

इराकी सुरक्षा बलहरू घटनास्थल पुगेर आक्रमणकारीहरूको खोजी अभियान शुरु गरेको पनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर