![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
सशस्त्र प्रहरीका १६ आश्रित गुल्ममा ‘चलखेल नगर्ने’ डीएसपीको काज
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![सशस्त्र प्रहरीका १६ आश्रित गुल्ममा ‘चलखेल नगर्ने’ डीएसपीको काज](https://www.pardafas.com/wp-content/uploads/2022/06/apf-logo.jpg)
सशस्त्र प्रहरी बल, नेपालले आफ्ना देशभर रहेका १६ वटा आश्रित गुल्महरूमा नायब उपरीक्षकहरूको काज सरूवा गरेको छ । यसरी काज सरुवा हुनेहरु धेरैजसाे सिलसिलेवार संख्या ४ का रहेका छन् ।
उनीहरु आफ्नो वरिष्ठताका आधारमा संगठनले उचित स्थान दिनेमा ढुक्क थिए । तर त्यही ब्याचका अधिकारीहरुलाई हाल आएर आश्रित गुल्मा थन्काउने काम भएको छ ।
सशस्त्रमा आश्रित गुल्म बाहिनी मातहत रहने गर्छन् । उनीहरु सबै सहयोगका लागि बाहिनीमा र गणमा निर्भर रहने भएकाले उनीहरुलाई आश्रित भनिएको हो ।
सशस्त्र प्रहरीको गण हेड क्वार्टर मातहत रहेका यी आश्रित गुल्महरूमा काज सरूवा भएको हो ।
बलले सोमबार सरूवा गरेका २३८ डीएसपीमध्येबाट उनीहरूको काज सरूवा भएको हो ।
हेरौं काज सरूवा सूची :
प्रतिक्रिया