रुसले युरोपतर्फको ग्याँस आपूर्ति २० प्रतिशतले कटौती गर्ने

रुसको प्रमुख उर्जा कम्पनी गाजप्रोमले मर्मम संभार भन्दै युरोपेली संघलाई दिँदै आएको ग्याँस पुन एक पटक २० प्रतिशतले कम गर्ने भएको छ ।  गाजप्रोमले ‘नार्ड स्ट्रिम वान’ टरवाइन मर्मतका लागि २० प्रतिशत ग्याँस आपूर्तिमा कमी गर्न लागेको जनाएको छ । यसबाट हाल आपूर्ति हुँदै आएको ग्याँसको मौजाद परिणाम आधाले घट्ने बताइएको छ। जर्मनी सरकारले ग्याँस आपूर्ति घटनाउनु पछि प्राविधिक कारण नभएको जनाएको छ।
रुसको यो कदमले हिउँद शुरु हुनुअघि नै युरोपेली देशहरुले आफ्नो ग्याँस भण्डारी भर्न योजना कठिनाइ उत्पन्न हुने अनुमान गरिएको छ । रुसबाट जर्मनी जाने ग्याँस पाइपलाइन ‘नार्ड स्ट्रीम वान’ बाट केही साता यता पर्याप्त मात्रामा ग्याँसको आपूर्ति हुन सकेको छैन ।
जुलाईमै मर्मतका लागि भन्दै १० दिनकालागि पुरै ग्याँस आपूर्ति रोकिएको थियो । गत वर्ष युरोपेली संघलाई आवश्यक पर्ने ग्याँस मध्ये ४० प्रतिशत रुसबाट आयात गरिएको थियो ।
युक्रेनमाथि आक्रमण गरेपछि रुस र पश्चिमा देशहरुको सम्बन्ध विग्रदै गएको छ । रुसले ग्याँसलाई हतियारको रुपमा प्रयोग गर्ने गरेको आरोप पश्चिमा देशहरुले लगाएका छन् । रुसले आपूर्ति रोक्ने धम्की दिएपछि युरोपेली आयोगले सबै सदस्य देशलाई आगामी सात महिनासम्म ग्याँस खपतमा १५ प्रतिशत कटौती गर्न भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर