स्पेन, रूस र डेनमार्कमा नेपाली राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रूस र डेनमार्कका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेन, मिलनराज तुलाधारलाई रूसी महासंघ र प्रा.डा. रामस्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

यस्तै भारतका लागि नेपालका आवासीय राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर