प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणबारे यथार्थ जानकारी गराउन सांसदहरूको माग

सांसदहरूले प्रधानसेनापति प्रभुराम शर्माको अष्ट्रेलिया भ्रमणबारे संसद्लाई यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शुन्य समयमा बाेल्दै सांसद अञ्जना विशुंखेले अष्टेलियामा हुन थालेको आईपीएसको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापतिलाई कुन हैसियतमा पठाएको भन्दै सरकारसँग जवाफ माग गरिन् ।

उनले सरकारले एमसीसी आईपीएसको सदस्य अंग नभएको भन्दै नेपालको संसद्बाट एमसीसी पास गर्ने अनि आईपीएसको सम्मेलनमा सेनापतिलाई सहभागिता हुनका लागि पठाएर सरकारले नेपालको असंग्लन परराष्ट्र नीति मिचेको आरोप लगाइन् ।

उनले भनिन्, ‘आईपीएसको अन्तर्राष्ट्रिय सम्मेलन अष्ट्रेलियाकाे मेलवर्नमा सुरु भएको छ । नेपाल आईपीएसको सदस्य अंग होइन भनेर एमसीसी संसद्बाट पारित गराउँदा यसैसँग १२ बुँदे घोषणासमेत संसद्बाट पारित गराइएको थियो । जसमा एमसीसी आइपीएसको अंग हुनेछैन भनेर उल्लेख गरिएको थियो । तर, यो निर्णयलाई लत्याएर सरकारले नेपाली सेनाका प्रधानसेनापतिलाई आईपीएसको सम्मेलनमा कुन हैसियतले सहभागिता जनाउन पठायो ? यसको जवाफ सभामुखमार्फत सरकारसँग माग गर्दछु ।’

सरकारले नेपालको असंग्लन परराष्ट्र नीति मिच्न नपाउने र यो नीतिलाई बेवास्ता गर्न थाले नेपालको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता विखण्डित हुने उनको भनाइ थियो ।

त्यस्तै सांसद अमृता थापाले सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गर्ने तर यही साउन ९ गतेदेखि ११ गतेसम्म अष्ट्रेलियामा हुने चिफ अफ डिफेन्स कन्फ्रेन्समा भाग लिन प्रधानसेनापतिको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएकाेले  साँचो कुरा भए तत्काल सच्याउन माग गरिन् ।

‘हाम्रो देशको भूराजनीतिक अवस्था र संवेदशीलताको विषय नेपालीको लागि चासोको विषय इतिहासदेखि भइरहेको छ । भर्खरमात्रै नेपाल सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गर्याे,’ उनले भनिन्, ‘तर यही साउन ९ गते देखि ११ गतेसम्म अष्ट्रेलियामा हुने चिफ अफ डिफेन्स कन्फ्रेन्समा भाग लिन प्रधानसेनापतिको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएकाे कुरा साँचो हो भने नेपालको परराष्ट्र नीतिअनुसार सरकारको निर्णय सच्याउन आग्रह गर्दछु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर