नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढ्यो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर योपटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताएका हुन् ।

उनले नेपाललाई सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिन सरकारले केके काम गरिरहेको छ, त्यसबारेमा संसद्लाई जानकारी गराउन माग गरे । थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसद्मा जानकारी गराउनुपर्ने बताए ।

उनले नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानून नबनिसकेको, बनेको कानूनको पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको, व्यापक कर छली, बढ्दो भ्रष्टाचार र अपराधीकरणको कारणले गर्दा समष्टिगत मूल्यांकन अति जोखिमपूर्ण अवस्थामा भएको विज्ञहरूले बताइरहेका पनि उल्लेख गरे ।

थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा परेमा विप्रेषण र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *