नियम बनाउने गृह मन्त्रालयकै सीसीटीभी फुटेज ब्याकअप १४ दिन !

अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्नका लागि विभिन्न सुरक्षा प्रविधि तथा विद्युतीय उपकरणको प्रयोग प्रभावकारी हुने भएकोहुँदा सार्वजनिक स्थान, राजमार्ग, सार्वजनिक निकायहरु, व्यापारिक तथा व्यवसायिक केन्द्रहरु, निजी व्यवसाय तथा आवासक्षेत्रको सुरक्षाको लागि सीसीटीभी (क्लोज सर्किट क्यामरा) को प्रयोगलाई प्रोत्साहितगर्दै सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि, २०७२ कार्यन्वयन गरेको गृह मन्त्रालयले आफैले बनाएको कार्यविधि पालना गरेको छैन् ।

उसले बनाएको कार्यविधिमै सीसीटीभीमा कैद भएका दृश्यहरु कम्तीमा तीन महिना सुरक्षित राख्नपर्ने नियम छ ।

तर विश्वस्त स्रोतका अनुसार गृह मन्त्रालयले फुटेज ब्याक अप जम्मा १४ दिनको छ । यतिबेला अर्थ मन्त्रालयको फुटेज ब्याक अप १३ दिन मात्र रहेकोमा अर्थमन्त्री जनार्दन शर्माले मेटाएको भनिएको छ । तर केही अति आवश्यक र उच्च सरकारी कार्यालयले नै तीन महिना राख्नुपर्ने फुटेज ब्याक अप महँगो भएको भन्दै वा कतिले त कमिशनको लोभमा बढिमा १५ दिन राख्ने गरेको भेटिएको हो ।

पर्दाफासलाई विश्वस्त स्रोतबाट प्राप्त जानकारी अनुसार अति सम्बेदनशील र सुरक्षित हुनुपर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयकै फुटेज ब्याक अप जम्मा ८ दिनको छ । यस्तै कानून मन्त्रालयकाे फुटेज ब्याक अप ११ दिन र सिंहदरबार पेरिमिटरको फुटेज ब्याकअप १५ दिनको रहेको छ ।

यो विषय बजेट प्रकरणको अनुसन्धानका लागि बनेको संसदीय छानबिन समितिमा उठेपछि गृहले गृहसचिव स्तरीय निर्णयगर्दै मंगलबार आफ्नो कार्यालयमा भएको सीसीटिभी फूटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको छ ।

गृहसचिव स्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीपिटभी फूटेज सुरक्षित राख्न निर्देशन भएको हो ।

मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटिभी फूटेज सीसीटिभी फूटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ ।
मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटिभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ ।

सिंहदरबार भित्रको सीसीटिभीको निरीक्षण÷अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ ।

पढनुहोस कार्यविधि:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर