नेपालमा ४९ वटा जिल्लाबाट जन्मसिद्ध नागरिकता वितरण

नेपालमा जन्मसिद्ध नागरिकता भनेकाे मधेशकाे समस्या भनेर हुने प्रचार गलत रहेकाे तथ्याकले देखाएकाे छ । याे समस्या साेही अनुपातमा पहाड तथा हिमाली जिल्लाहरुमा पनि देखिएको छ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार ४९ वटा जिल्लाबाट जन्मसिद्ध नागरिकता जारी भएको छ ।

गृह मन्त्रालयको अभिलेखअनुसार १ लाख ९० हजार ७ सय २६ जना व्यक्तिले जन्मसिद्धको आधारमा नागरिकता लिएका छन् ।
२०४६ साल चैत महिनाअघि जन्मिएर नेपालमा निरन्तर रुपमा बसोबास गर्दै आएका व्यक्तिलाई जन्मसिद्ध नागरिकता दिने गरिएको छ ।

सरकारले २०६३ मा कानुन बनाएर जन्मसिद्धलाई नागरिकता वितरण गरेको थियो ।

जसअनुसार सबैभन्दा बढी जन्मसिद्ध नागरिकता लिनेमा प्रदेश १ का झापा, मोरङ र सुनसरीमा रहेको छ। झापामा २६ हजार ४ सय ३०,मोरङमा २२ हजार ७ सय ४३, सुनसरीमा २१ हजार ५ सय ६७ जनाले जन्मसिद्ध नागरिकता लिएका छन् । सुनसरीपछि रुपन्देहीमा १५ हजार २९ र पर्सामा १५ हजार १७ जनाले जन्मसिद्ध नागरिकता लिएका छन् ।

कर्णाली प्रदेशमा ४९ जनाले जन्मसिद्ध नागिकता लिएका छन् । प्रदेशगत रुपमा भने मधेश प्रदेशमा सबैभन्दा बढी ७४ हजार ३९ जनाले लिएका छन् । कुल जन्मसिद्ध नागरिक मध्ये करिब ३९ प्रतिशत रहेका छन् । मधेश प्रदेशमा ८ जिल्ला रहेका छन् ।

सरकारी अधिकारीहरुले  जन्मसिद्ध नागरिकता लिनेको संख्या १ लाख ९० हजारले भएपनि अधिकांश भने एउटा घरमा एकै जना मात्रै रहेका छन् ।

उनीहरुबाट जन्मेका सन्तान ५ लाखको हाराहारीमा भएको अनुमान सरकारी अधिकारीले जनाएका छन् ।जन्मसिद्ध नागरिकबाट जन्मेका सन्तानलाई वंशजको नागरिकता दिने गरि पछिल्लो समयमा कानुन बनेको छ ।

यसअघि बाबुआमा दुवै वंशज नागरिक छन् भने मात्रै उनीहरुको सन्तानले वंशजको नागरिकता प्राप्त गर्दथे । कानूनको अभावमा लामो समयदेखि नागरिकता बनाउन नपाएर राज्यविहीन भएका सन्तानहरुले नागरिकता पाउने बाटो खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर