संवैधानिक नियुक्तिविरुद्धको रिटमा सुनवाइ हुँदै

केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेलामा भएको ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेका रिट निवेदनहरुमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, संसदीय सुनुवाइबिना भएको नियुक्तिलगायतका विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले बुधबार पेसी तोकेको हो ।

बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाइ गर्नेछ ।

सुनुवाइका लागि चारवटा रिट निवेदन र तीसँग सम्बन्धित थप पाँचवटा पूरक निवेदनहरू पेसीमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *