कांग्रेस नेतृ आरजु र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

नेपाली कांग्रेसकी नेतृ तथा सांसद आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

चौथाइवालेले दिल्लीस्थित म्याक्स अस्पताल पुगेर उपचाररत देउवासँग भेट गरेका हुन् ।आरजुसँग ६ महिनापछि भेट भएको चौथाइवालेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

याे भेट राजनीतिक नभई पारिवारिक र मानवीय भएकाे आरजु निकटले जनाएका छन् ।

केही समयदेखि दिल्लीकाे म्याक्स अस्पतालमा आरजुकाे उपचार भइरहेकाे छ । उनकाे पाठेघरकाे शल्यक्रिया भएकाे हाे ।

चाैथाइवाले र आरजुबीचमा धर्म दाइ-बहिनीकाे सम्बन्धसमेत रहेकाे छ । आरजुले चाैथाइवालेलाई रक्षा बन्धन बाँधेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *