
अपडेट : संवैधानिक नियुक्तिविरुद्ध परेका रिटमाथिको सुनुवाइ स्थगित

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामाथिको सुनुवाइ फेरि स्थगित भएको छ ।
विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो । उनीहरूले उठाएको मागका सवालमा इजलासले केही आदेश गर्ने अपेक्षा छ ।
सुनुवाइ सुरु हुनासाथ विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानून व्यवसायीहरूले संवैधानिक निकायलाई पनि विपक्षी बनाउनुपर्ने र उनीहरूबाट लिखित जवाफ आउनुपर्ने माग गरेका थिए ।
उनीहरूले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको र तिनलाई पनि संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखे ।
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको नेतृत्व गरी यी मुद्दा सुनुवाइ गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेका थिए । त्यसपछि सुनुवाइ स्थगित भएको हो ।
विपक्षी बनाइएकाहरूका कानून व्यवसायीहरूले अघि सारेका मागबारे लिखित आदेश हुनसक्ने एक कानून व्यवसायीले बताए ।
- न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा फेरि विश्वासको मत दिँदैछौं : रास्वपा
- भारत र जापानका प्रधानमन्त्रीबीच भेट, इन्डो–प्यासिफिक क्षेत्रमा नयाँ रणनीति अपनाउने घोषणा
- गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैन : देउवा
- राजेन्द्र लिङ्देनको व्यंग्य- वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने दिन नआओस्
प्रतिक्रिया