भिजिट भिसा प्रयोग गरी वैदेशिक रोजगारीमा नजान गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले नेपालीहरूलाई भिजिट भिसा प्रयोग गरी वैदेशिक रोजगारीमा नजान आग्रह गरेको छ ।

पछिल्लो समय नेपाली नागरिकहरू भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हनेलगायत विभिन्न कठिनाइहरू भोगिरहेको समाचार, गुनासा तथा सूचनाहरू आइरहेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो ।

भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएको र सो भिसा प्रयोग गरी विदेशमा काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी विदेश जाँदा काम नपाउने र अलपत्र पर्ने क्रम बढिरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

यसरी गैरकानूनी रूपमा विदेशमा गई समस्यामा परेका नागरिकहरुलाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बिमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउनसमेत सरकारसँग कुनै कानूनी आधार नरहेको र त्यस्ता व्यक्तिहरू झन ठूलो कठिनाइमा पर्ने अवस्था हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘विदेशमा रोजगारीका लागि जाने नेपाली नागरिकले सम्बन्धित निकायबाट प्रचलित कानूनबमोजिम श्रम स्वीकृतिलगायतका प्रक्रिया पूरा गरेरमात्र जानुहुन तथा आफ्नो परिवारको कुनै सदस्य यसरी विदेश जाँदा सम्पूर्ण प्रक्रिया पुरा गरेको छ/छैन बुझ्ने, परामर्श लिने काम गर्नुहुन साथै स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्रको नागरिक विदेशमा भ्रमण वा रोजगारीको सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरूको अभिलेखन तथा आवश्यक कानूनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ, ‘भिजिट भिसामा विदेशमा जानेहरूले भ्रमण भिसाको प्रयोग पर्यटकको रूपमा मात्र गर्नुहन र भ्रमण भिसाको प्रयोग गरी विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न यस मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।’

हेर्नहोस् मन्त्रालयको विज्ञप्ति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर