कुलोको बजेट अनियमितता गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिँचाइ आयोजनाको बजेट अनियमितता गरेको आरोपमा कृषि विकास कार्यालय मुगुका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बूढा र सब–इन्जिनियर राजेन्द्र शाही, तत्कालीन नायब प्राविधिक सहायक मणिचन्द्र विक, जिल्ला समन्वय समिति मुगका तत्कालीन खरिदार विश्वास उपाध्याय, सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सह–सचिव सुरेश बूढा र छाँयानाथ रारा नगरपालिका वडा नं. १० का तत्कालीन वडा अध्यक्ष धर्मदत्त सावतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

उनीहरूले मिलेमतोमा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका, वडा नं. १० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिँचाइ कुलो निर्माणका लागि कृषि विकास कार्यालय, मुगुबाट आ.व. २०७६÷०७७ मा विनियोजन भएको २३ लाख १० हजार ५ सय ९६ रुपैयाँ १७ पैसा बजेट अनियमितता गरेको खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *