ठमेलस्थित कल सेन्टरमा प्रहरीको छापा

चिनियाँ माफियाको लगानीमा अनलाइनमार्फत ठगी गरेको आशंकामा प्रहरीले काठमाडाैंकाे ठमेलस्थित एक कल सेन्टरमा छापा मारेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले कल सेन्टरमा छापा मारेको हो ।

यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी छ ।

‘अहिले प्रहरी घटनास्थलमै छ, विस्तृत जानकारी केही बेरमै गराउँछौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले भने ।

पछिल्लो समय चिनियाँ माफियाको लगानीमा नेपाली भूमि प्रयोग गरेर भइरहेको अपराध सञ्जाल तोड्न प्रहरीले सक्रियता बढाएको छ ।

यसअघि प्रहरीले सोमबार काठमाडौंकै तीनकुनेस्थित कल सेन्टरमा छापा मारेर एक एक चिनियाँ, दुई भारतीय र ३३ नेपाली तथा आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित कल सेन्टरबाट ९ जनालाई नियन्त्रणमा लिएको थियो ।

गत वर्ष पनि काठमाडौंको मध्य बानेश्वर र भक्तपुरको सानोठिमीमा नेपालीका नाममा कम्पनी खोलेर चिनियाँहरूले  ठगी गरेको पाइएको थियो । फागुन ८ गते मध्य बानेश्वरबाट एक चिनियाँ नागरिकसहित ३६ जना नेपाली पक्राउ परेकोमा त्यसको भोलिपल्ट फागुन ९ गते सानोठिमीबाट एक चिनियाँ नागरिकसहित ८० जना नेपाली समातिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर