देउवाले महन्थलाई भने– लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्छ, कांग्रेसमा आउनुस्

नेपालमा वामपन्थी शक्तिहरूको मोर्चा र एकताको चर्चा हुँदै गर्दा प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शक्तिहरू पनि एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार बालुवाटारमा लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँगको भेटमा देउवाले ठाकुरलाई लोकतान्त्रिक शक्तिहरूको एकजुटताको लागि नेपाली कांग्रेसमा फर्किन आग्रह गरेका छन् ।

यसअघि देउवाले एकै ठाउँमा काम गर्नुपर्छ, मोर्चा बनाएर जानुपर्छ भन्ने गरेका थिए तर पहिलोपल्ट उनले ठाकुरलाई कांग्रेसमा फर्किन आग्रह गरेका हुन् ।

पार्टीका चार शीर्ष नेताहरूमध्ये ठाकुर र शरदसिंह भण्डारी पुराना कांग्रेसी हुन् भने राजेन्द्र महतो र अनिल झा सद्भावना ब्याकग्राउण्डका भए पनि डेमोक्र्याट नै मानिन्छन् । प्रधानमन्त्रीले ‘सँगै काम गरौं, तपाईं पुरानो र यति ज्येष्ठ कांग्रेसी हुनुहुन्छ, तपाईंलाई कांग्रेसमा स्वागत गर्दा हामीलाई गर्व लाग्छ’ भनेर कन्भिन्स गर्ने प्रयास गरेका थिए ।

यद्यपि महन्थले कांग्रेससँग मोर्चा बनाउन सकिने तर पार्टी एकताको बारेमा आफूले अहिलेसम्म केही नसोचेको जवाफ फर्काएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर