अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बिहीबार साँझ नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् ।

उनी बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ ।

नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन् ।

यसअघि उनी समसामयिक विश्व मामिला, एमसीसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा छलफलका लागि २०७८ मंसिर १ गते नेपाल आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *