बढुवा भएका ५९ जना प्रहरी अधिकृतहरूले लगाए दर्ज्यानी चिह्न

नेपाल सरकार मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूले दर्ज्यानी चिह्न लगाएका छन् ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहमा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

दर्ज्यानी चिह्न पाउनेरूमा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक २ जना, प्रशासनतर्फका प्रहरी उपरीक्षक ३६ जना, प्राविधिकतर्फका प्रहरी उपरीक्षक १२ जना, प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक १ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक ८ जना रहेका छन् ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाइ तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन प्रेरित गर्ने अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले आ–आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी संगठनले राम्रो व्यक्तिलाई पदोन्नति गरेको रहेछ भन्ने अनुभूति हुनेगरी काम गर्न निर्देशन दिए ।

साथै उनले आ–आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा दत्तचित्त भएर सेवाभावका साथ काम गर्ने विश्वास व्यक्त गर्दै चिकित्सकहरूले अस्पतालमा आउने सम्पूर्ण बिरामीलाई आफ्नै घरमा अभिभावक स्वंयले नै हेरचाह र ख्याल गरिरहेको महसुस हुनेगरी स्वास्थ्य सेवा र उपचार प्रदान गर्नुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठन आफंैमा गतिशील हुने र सरुवा–बढुवालगायतमा सबै कर्मचारीहरूको समान मूल्यांकन हुने भएकाले अझै बढी कटिबद्ध भई एवं अनुशासनमा रही कार्य सम्पादन गर्नुपर्ने बताए । संगठन बलियो भएमात्र व्यक्ति बलियो हुने भएकाले सबै प्रहरी कर्मचारीहरूले संगठनको मूल्यमान्यता राख्दै अनुशासित ढंले काम गरी आगामी पुस्तालाई राम्रो सन्देश हस्तान्तरण गर्नुपर्ने उनले उल्लेख गरे ।

समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्रबहादुर धामीले विज्ञान प्रविधिमा भएको विकासको दुरुपयोगका कारण अपराधको क्षेत्रमा देखा परेका नवीनतम चुनौतीको सामना गर्न नेपाल प्रहरीको कार्ययोजना, संगठनको मूल्यमान्यता र नीति नियमको अधीनमा रही इमान्दारिताका साथ थप सक्रिय भई कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर