रुपन्देहीमा घाँस काट्न गएकी युवतीमाथि बलात्कार प्रयास, एक जना पक्राउ

रुपन्देहीमा घाँस काट्न गएकी एक युवतीमाथि बलात्कारको प्रयास भएको छ । बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–५ गढवा मलमलाटोल बस्ने ४८ वर्षीय निलमणि दमाईलाई पक्राउ गरेको छ ।

बुधबार ती युवती सैनामैना नगरपालिका–५ तुलबुलिया खोलाको पूर्वपिट्टको नेवारडाँडामा घाँस काट्न छिमेकी दिदीसँग गएकी थिइन् ।

छिमेकी दिदी काम विशेषले फर्किएपछि एक्लै घाँस काटेर भारी पुर्‍याउन लाग्दाको अवस्थामा युवतीलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनेर सोही जंगलमा दाउरा काट्न गएका दमाईले एकान्त पारी दिउँसो करिब १२ः३० बजेको समयमा ती युवतीमाथि सहयोग गर्ने बहानामा बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।

युवतीको संवेदनशील अङगहरूमा छुन खोजेर जबरजस्ती करणी गर्न प्रयास गरेकोमा बलपूर्वक उनको पञ्जाबाट उम्किएर घर आइपुगेपछि युवतीले आफूमाथि भएको घटना ससुरालाई सुनाएकी थिइन् । ससुराले घटनाको विषय लुकाएर नराखी प्रहरीलाई भन्नुपर्छ भनेपछि तुरुन्तै सालझण्डी प्रहरीलाई खबर गर्नासाथ तत्काल घटनास्थल पुगेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीसहितको प्रहरी टोलीले उनलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका दमाईमाथि करणी सम्बन्धी कसूरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मरासिनीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *