डेढ किलोभन्दा बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

डेढ किलोभन्दा बढी सुनहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

बुधबार राति फ्लाई दुवईको उडानबाट दुवईदेखि काठमाडौं आएका भारतीय नागरिक यूसुफ हारुन करिब १ किलो ६१० ग्राम सुनसहित पक्राउ परेका हुन् ।

उनको गतिविधिमाथि शंका लागेपछि प्रहरीले उनलाई विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चेकजाँच गर्दा भित्री वस्त्र (अन्डरवेयर) मा सेतो रङको प्लास्टिकभित्र अर्धठोस सुनको पोका दुई थान अवैध रूपमा लुकाइछिपाइ भन्सार छलेर लैजान लागेको खुलेपछि बरामद सुनसहित उनलाई अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर