कीर्ते कागज पेस गरेर डीएसपीको जागिर, ८ महिना कैदको फैसला

उमेर घटाएर नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा प्रहरी नायब उपरीक्षक रमेश सिंहलाई अदालतले ८ महिना कैदकौ फैसला सुनाएको छ ।

कीर्ते कागजातको कसूरमा उनलाई विशेष अदालतले यसअघि नै दोषी ठहर गरेको थियो। तर सजाय निर्धारण हुन बाँकी थियो।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासकाे गत चैत्रमा फैसला गरेकाे थियाे ।

फैसलाकाे पूर्णपाठ सार्वजनिक भएसँगै सिंहलाई ८ महिना कैद सजाय तोकेको प्रस्ट भएको हो । यस्तै उनलाई १५ हजार रुपैयाँ जरिवाना पनि हुने फैसलामा उल्लेख छ ।

डीएसपी सिंहले जन्म मिति २०३२ साललाई २०३३ साल बनाएर नक्कली प्रमाणपत्र पेश गरी प्रहरी निरीक्षकमा भर्ना भएको विशेष अदालतले ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

२०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्ना हुन उनले आवेदन दिएका थिए । तर, लोक सेवा आयोगले २०६१ सालमा मात्रै नतिजा सार्वजनिक गरेको थियो ।

आवेदन दिँदा उनी २५ वर्ष नाघिसकेको पाइएको विशेष अदालतले जनाएको छ ।

सुरुमा सिंहले एसएलसीको चारित्रिक प्रमाणपत्र नै नक्कली बनाएका थिए । पछि त्यसैका आधारमा नागरिकताको प्रतिलिपि पनि लिएको खुलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर