राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

राष्ट्रियसभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित गरेको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकले विधेयक बहुमतले पारित गरेको हो । योसँगै संसदको दुवै सदनबाट यो विधेयक पारित भएको छ ।

बिहीबारको राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव गरेका थिए ।

अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानका रूपमा लागू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर