११ एसपीको काज थमौतीसहित २४ जनाको सरुवा

प्रहरी प्रधान कार्यालयले यसअघि काज सरुवा गरेका ११ जना प्रहरी उपरीक्षकलाई सोही स्थानमा सरुवा थमौतीसहित २४ जनाको सरुवा गरेको छ ।

यसअघिको काज सरुवामा सात जिल्लाका प्रहरी प्रमुखसहित ११ जना प्रहरी उपरीक्षकहरू समेटिएका थिए । बिहीबार गरेको सरुवामा उनीहरु बाहेक अन्य १३ जना एसपीको सरुवा भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुर,सहित जिल्ला प्रहरी कार्यालयहरू कपिलवस्तु, रौतहट, मकवानपुर, बारा, डोटी, कास्की, सिन्धुुपाल्चोक, पश्चिम नवलपरासी, सर्लाही र कैलालीका जिल्ला प्रहरी प्रमुख फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालयले भक्तपुरमा प्रजित केसी, कास्कीमा अजय केसी, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत, बारामा होविन्द्र बोगटी, रौतहटमा बीरबहादुर बूढा मगर, मकवानपुरमा वामदेव गौतम र डोटीमा राजेन्द्रप्रसाद धमलाको सरुवा गरेको हो । यसअघि डोटीमा दिलीप घिमिरेको काज सरुवा भएको थियो ।

यस्तै एसपीहरू भक्तपुरमा रहेका शिवकुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, एकेडेमीमा रहेका अनुपम शमशेर जबरा इन्टरपोल शाखा, विश्व अधिकारी यूएन शाखा र गंगा पन्त उपत्यका प्रहरी कार्यालयमा सरुवा भएका छन् ।

हेरौं सरुवा सूची–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर