अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

तीन दिने भ्रमणको क्रममा दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन् ।
भ्रमणको क्रममा उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको छ।
नेपालले अमेरिकाकासँग सैनिक साझेदारी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको समयमा सहायक विदेशमन्त्री लुको भ्रमणलाई चासोका साथ हेरिएको छ।
लु ले अमेरिकासँगको आर्थिक सहयोग सम्बन्धी सम्झौता मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई अघि बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
एमसीसी संसद अनुमोदन गर्नबाट रोक्न खोजेको र त्यसको विरोधमा भैरहेको प्रदर्शनपछि चीनको हात रहेको आरोप सहायक मन्त्री लुले लगाएपछि त्यस विषयमा वासिङ्टन र बेइजिङबीच जुहारी चलेको थियो ।
एसपीपीअघि नबढाउने नेपालले निर्णयमा बेइजिङले खुशी व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर