घुस मागेको आरोपमा इञ्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गंगादेव गाउँपालिकका इञ्जिनियर नवन डाँगीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रूपमा कार्यरत इञ्जिनियर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेश गर्दा घुस मागेको पाइएको छ ।

आयोगका अनुसार सुरुमा रु. ५० हजार बराबरको घुस माग गरेको भन्ने विषयमा अनुसन्धान गर्दा उनले थप रु. तीन लाख ५६ हजार ५०० बराबरको घुस लिएको खुलेको छ । आयोगले बिगो बमोजिमको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर