बजेट प्रकरण : अनधिकृत व्यक्ति प्रवेश गराएको प्रमाण नभेटिएको छानबिन समितिको निष्कर्ष

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको विषयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ ।

समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ उल्लेख छ ।

तर, यसमा फरक मत रहेको एमालेको समेत राय समेटेर प्रतिवेदन बुझाउने सहमति भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले शुक्रबार सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी एमालेले समितिलाई प्राप्त प्रमाण र बयानका आधारमा शर्मालाई निर्दोष भन्न नमिल्ने अडान राखेको छ भने सत्ता पक्षका सांसद प्राप्त प्रमाण र बयानले शर्माविरूद्धको आरोप प्रमाणित नगर्ने भएकाले उनी निर्दोष रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर