प्रचण्ड र गृहमन्त्री खाँणबीच भेट, चुनावको मिति घोषणाको बारेमा छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ ।
आमनिर्वाचनको मिति घोषणासहितकोअन्य समसामयीक विषयहरुमा दुवै नेताबीच छलफल भएको हो स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार माओवादी अध्यक्ष प्रचण्डलाई फोन गर्दै चुनावको मिति घोषणा गर्न लागेको र त्यसमा समर्थन गर्न आग्रह गरेका थिए । तर प्रचण्डले नागरिकता विधेयक र सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धी विधेययक पारित भएपछि मात्रै मिति घोषणा गर्न सुझाएका थिए । बिहीबार आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले प्रधानमन्त्री देउवालाई केही दिन पर्खन भनेको र चाँडै निर्वाचनको मिति घोषणा हुने बताएका थिए । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन, विपक्षी तथा कांग्रेसका नेतासँग चुनावको मिति घोषणा गर्ने सम्बन्धमा परामर्श गरिरहेका छन् ।
मंसिरमा चुनावमा गराउनेका लागि मिति घोषणा गर्न समय भएको भन्दै निर्वाचन आयोगले ताकेता गर्दै आएको छ ।
आयोगले चुनावको तयारीका लागि कम्तीमा १ सय २० दिन चाहिने बताएको छ । आयोगले मंसिर ४ गते चुनाव गर्न उपयुक्त हुने सुझाव प्रधानमन्त्री देउवालाई दिइसकेको छ । चुनावको मिति घोषणामा भैरहेको ढिलाईलाई लिएर कतिपयले मंसिरको चुनाव टार्न खेलमा सरकार लागेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *