बाइडेन र सीबीच टेलिफोन संवाद: ताइवानको विषयमा एकले अर्कोलाई चेतावनी

अमेरिका र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन संवाद भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङले एकले अर्कोलाई ताइवानको विषयमा चेतावनी दिएका छन् । दुवैबीच बीच करिब २ घण्टा टेलिफोन संवाद भएको थियो ।
अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ समकक्षी सीलाई ताइवानको अवस्थालाई परिवर्तन गर्न चालिने एक पक्षीय कदमको अमेरिकाले कडा विरोध गर्न बताएको बीबीसीले जनाएको छ। उनले अमेरिकाको ताइवान सम्बन्धी नीतिमा कुनै परिवर्तन नहुने बताए ।
बेइजिङले राष्ट्रपति सीले बाइडेनलाई एक चीन नीतिलाई पालन गर्न भनेको जनाएको छ । ‘आगोसँग खेल्ने जोसुकै पनि जल्ने’ चेतावनी सीले बाइडेनलाई दिएको जनाएको छ ।
अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवान भ्रमण गर्न लागेको चर्चा शुरु भएपछि दुवै देशबीच तनाव बढेको छ । अमेरिकी विदेश मन्त्रालयले पेलोसीले भ्रमणको घोषणा नगरेको जनाएको छ । तर चीनले भने पेलोसीको भ्रमणअघि बढे ‘गम्भीर परिणाम भोग्नुपर्ने’ चेतावनी दिएको छ ।
गत साता राष्ट्रपति बाइडेनले ‘सेनाले भ्रमण गर्नु राम्रो विचार नभएको ठानेको’ बताएका थिए । तर ह्वाइट हाउसले भने भ्रमणको विषयमा चीनबाट व्यक्त चर्को धारणा अनावश्यक र असहयोगी भएको जनाएको छ ।
पेलोसी अमेरिकाको राष्ट्रपति, उपराष्ट्रपति तेस्रो वरियतामा रहेकी अधिकारी हुन् । उनी भ्रमणमा गए १९९७ पछिको ताइवानको भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुने छिन् ।
चीनले ताइवानलाई आफूबाट छुट्टिएको क्षेत्र मान्दछ । ताइवान चीनको अंग बन्नु पर्ने मान्दछ र त्यो उद्देश्य प्राप्तिका लागि वल प्रयोग गर्न समेत पछि नपर्ने जनाएको छ ।
एक चीन नीतिअन्तर्गत अमेरिकाले ताइवानलाई छुट्टै देश भनेर कुटनीतिक रुपमा मान्यता दिएको छैन । तर अमेरिकाले ताइवानको प्रतिरक्षाका लागि भन्दै हतियार भन्ने विक्री गर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर