अछाममा बन्चरो प्रहार गरेर श्रीमतीको हत्या, श्रीमान फरार

अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् ।

बिहीबार राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान पैलुले बन्चरो प्रहार गर्दा ४० वर्षीषा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

श्रीमतीको हत्या गरेपछि  पैलु फरार रहेका र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर