प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

शुक्रबार दिउँसो बालुवाटारमा देउवा र लुबीच भेट भएको हो ।

भेटका क्रममा नेपाल–अमेरिकाको मैत्रीपूर्ण र सहकार्यत्मक सम्बन्धबारे छलफल भएको प्रधानमन्त्री देउवाले जानकारी दिएका छन् ।
‘मैले अमेरिकाको निरन्तरको विकास सहयोगका लागि धन्यवाद दिएँ र उच्च तहको आर्थिक संलग्नताका हुनुपर्ने बताएँ,’ देउवाले ट्वीट गर्दै भनेका छन् ।

यसअघि लुले शुक्रबार नै परराष्ट्र मन्त्री डां नारायण खड्कालाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटेका थिए ।
भेटमा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षाका साथै कोरोनाविरुद्धको भ्याक्सिनबारे समेत कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

सहायक विदेशमन्त्री लु अमेरिकी सेनासँगको साझेदारी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट नेपाल बाहिरिने सरकारले निर्णय गरेपछि काठमाडौं आइपुगेका वरिष्ठ अमेरिकी अधिकारी हुन् । बिहीबार नेपाल आइपुगेका सहायकमन्त्री लुको तीन दिने नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

नेपाल सरकारले असार ६ गते नै एसपीपीबाट बाहिरिने निर्णय गरे पनि त्यसको औपचारिक जानकारी अमेरिकालाई दिन ढिलाइ गर्दा चर्को आलोचना हुँदै आएको थियो ।

प्रतिनिधिसभाको शु्क्रबारको बैठकमा परराष्ट्रमन्त्री खड्काले नेपाल एसपीपीमा सहभागी नहुनेबारे साउन ९ गते नै अमेरिकालाई लिखित जानकारी गराइसकेको जवाफ दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर