डीएनए प्रमाण संकलन र संरक्षणको लागि प्रहरीले बनायो दिशानिर्देश, यस्तो छ मापदण्ड

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटना अझै रहस्यमै छ । केही दिनअघि (११ साउन) मात्र उनको हत्या भएको चारवर्ष पुरा भएको छ ।

यो घटनामा प्रहरीको डीएनए (डिओक्सी रिबोन्यूक्लिक एसिड) नमूना संकलनमै कैफियत भएको विभिन्न स्वतन्त्र अनुसन्धान तथा छानबिन समितिले औल्याएका छन् ।

यो घटनाबाट पाठ सिकेको प्रहरीले ६ साउनमा डीएनए नमूना संकलन र स‌रक्षणका लागि अनुसन्धान अधिकृत र विधि विज्ञान प्रयोगशाला समेतका लागि दिशानिर्देश बनाएको छ ।

प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बनाएको दिशानिर्देशमा डीएनए नमूना संकलनको स्पष्ट मापदण्ड र निर्देशन दिइएको छ ।

प्रहरीले डीएनए प्रमाणले हत्या, यौन दुर्व्यवहार, बेपत्ता व्यक्तिको पहिचान, सामूहिक विपत्ति आदि जस्ता घटनाहरूमा निर्णायक प्रमाणहरू प्रदान गर्ने जनाएको छ । यद्यपि, डीएनए प्रोफाइलिङ परिणामको सफलता प्रमाणको अवस्थामा निर्भर गर्दछ ।

यी प्रमाणहरूको अनुचित सङ्कलन, प्याकेजिङ र संरक्षणले वैज्ञानिकको डाउनस्ट्रीम विश्लेषणलाई बेकार बनाउने भएकाले यसमा विशेष सतर्कता अपनाउन भनिएको छ ।

प्रहरीले डीएनए संकलन र स‌रक्षणमा एक समान कार्यविधि स्थापना गर्ने उद्देश्यले कार्यदेश बनाएको जनाएको छ । उसले यसका लागि अनुसन्धान अधिकारी र घटनास्थलमा खटिने फरेन्सिक प्रहरी अधिकारीलाई मुख्य जिम्मेबार ब्यक्ति तोकेको छ ।

प्रहरीले घटनास्थलबाट रगत र रगतको दाग, वीर्य र सेमिनल दाग, ऊतक र कोशिकाहरू, हड्डी र अंगहरू कपाल लार (न्यूक्लिएटेड कोशिकाहरु संग) बाट डीएनए संकलन हुने जनाएको छ ।

डीएनएको स्रोतमा मानिसको छालामा टोक्ने वा कपडा लार, कम्बल, तकिया, तन्ना सतह क्षेत्र रगत, वीर्य, ​​लार, कपाल, योनि तरल पदार्थ, पसिना बोतल, क्यान, गिलास साइड, माउथपीस फिंगरप्रिन्ट, लार, पसिना फोहोर लुगा धुने सतह क्षेत्र रगत, डन्ड्रफ, कपाल, वीर्य, पसिना ह्यान्डलमा औँलाको छाप, छाला, पसिना आँखाको चश्मा नाक वा कानको टुक्रा पसिना, छाला अनुहारको तन्तु, कपास स्वाब सतह क्षेत्र बलगम, रगत, पसिना, वीर्य, कानेगुजी औँलाको नङ स्क्र्यापिङ रगत, पसिनाबाट समेत डीएनए संकलनगर्न सकिने प्रावधान दिशानिर्देशमा राखेको छ ।

 

दिशानिर्देशमा डीएनए प्रोफाइल संकलनमा जाने प्रहरी अधिकारीले सँधै डिस्पोजेबल ग्लोभ्स र मास्क पहिले लगाउन भनिएको छ । यस्तै डीएनए संकलनकाक्रममा बोल्न, हाच्छ्युँ गर्न र खोक्नुबाट सकेसम्म जोगिन भनिएको छ ।

प्रमाण संकलनकाक्रममा आफ्नो अनुहार, नाक र मुख नछुन भनिएको छ ।

यस्तै मेडिको–कानूनी विशेषज्ञहरूले सामूहिक प्रकोप, दुर्घटना, जलेको वा विकृत शवको नमूना स‌कलनगर्दा शरीर, गहिरो मांसपेशी जस्तै ऊतक तन्तु, छाला, वा अन्य कम प्रभावित तन्तु लगभग ५ ग्राम संकलन गर्न भनिएको छ ।

कंकालका अवशेषहरू मात्र उपलब्ध भएका पूरै दाँतलाई प्राथमिकतामा राखेर मोलर वा प्रि–मोलर र लामो हड्डी (फेमर वा ह्युमरस) स‌कलन गर्न भनिएको छ ।

पढौं प्रहरीको डीएनए संकलन र संरक्षण कार्यदेश- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर