श्रीमेहर गणको वार्षिकोत्सवमा ‘आफ्नै स्वास्थ्यका लागि दौडौं’ कार्यक्रम सञ्चालन, गणका गणपति प्रथम

बाग्लुङस्थित श्रीमेहर गणले आफ्नो २४३ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना ‘आफ्नै स्वास्थ्यका लागि दौडौं’ कार्यक्रम आयोजना गरेको छ ।

शनिबार आयोजित कार्यक्रम बिहान ०६ः३० बजेदेखि ९ बजेसम्म सञ्चालन भएको थियो । बाग्लुङस्थित शेराडिल ब्यारेकको हाताभित्रबाट सुरु भई मालढुंगा हुँदै पुनः शेराडिल ब्यारेक हाताभित्र फर्किएर कार्यक्रम समापन भएको थियो ।  उक्त दौडको दूरी करिब १० कि.मि. रहेको थियो ।

कार्यक्रममा श्री नं.२३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रामप्रसाद अधिकारी, बाग्लुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालसहित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रमुखहरू, पत्रकारलगायत गरी करिब ४० जनाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा श्रीमेहर गणका गणपति प्रमुख सेनानी देवभक्त माडी श्रेष्ठ प्रथम भए ।

‘आफ्नै स्वास्थ्यका लागि दौडौं’ कार्यत्रफमले शरीरलाई तन्दुरुस्त, स्वस्थ, फुर्तिलो राख्नुका साथै जाेश–जाँगर बढाइ रोगहरूबाट बचाएर सकारात्मक सोचको विकास र  सैनिक–नागरिक सम्बन्ध सुमधुर बनाउन मद्दत पुग्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर