खोटाङ केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प

खोटाङको मात्तिमविर्ता केन्द्रबिन्दु बनाएर आइतबार बिहान ६ म्याग्नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु प्रसिद्ध हलेसी मन्दिरको आसपासको क्षेत्रमा भएको अधिकारीहरुले बताएका छन् । भूकम्पको धक्का काठमाडौमा समेत महसुश गरिएको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *