अमेरिकी सभामुखको भ्रमणको विषयले तनाव बढ्दै गर्दा ताइवान नजिकै चीनको युद्ध अभ्यास

अमेरिकाको तल्लो सदन ‘हाउस अफ रेप्रिजिन्टेटिभ्स’की सभामुख न्यान्सी पेलोसीको संभावित ताइवान भ्रमणलाई लिएर तनाव बढेको समयमा चीनले त्यस क्षेत्रमा सैन्य अभ्यास गरेको छ ।

चीनले ताइवानको तटीय क्षेत्रको अर्को पट्टी त्यस प्रकारको सैन्य अभ्यास गरेको जनाएको छ । यस प्रकारको अभ्यासमा सामान्यता आर्टिलरीको प्रयोग गर्ने गरिएको छ ।

चीनको जनमुक्ति सेनाले फुजियान प्रान्त नजिकैको पिङताङ द्वीपमा ‘लाइभ फायर’ अभ्यास गरेको जनाएको छ । सो अभ्यास बिहान ८ बजेदेखि ९ बजेसम्म एकघण्टा गरिएको हो । एक वाक्यको विज्ञप्तिमा त्यस क्षेत्रमा सैन्य अभ्यास भैरहेको भन्दै समुद्री मार्ग प्रयोग नगर्न पानीजहाजरुलाई चेतावनी दिएको थियो । तर अभ्यासमा क्षेप्यास्त्र, लडाकु विमान वा अन्य हतियारको प्रयोग गरिएको थियो भन्ने बारेमा केही खुलाइएको छैन ।

अमेरिकी सभामुख पेलोसीको संभावित ताइवान भ्रमणलाई लिएर चीनले चेतावनी दिँदै आएको छ । चिनियाँ सरकारको मुखपत्रमा अनुमति बिना आफ्नो हवाइ क्षेत्रमा प्रवेश गर्ने विमान क्षेप्यास्त्र प्रहार गरेर गिराउन सक्नेसम्मको चेतावनी दिएको छ ।

शुक्रबार एशियाली देशहरुको भ्रमणमा निस्केकी पेलोसीले ताइवान भ्रमणको विषयलाई भने गोप्य राखिएकी छन् । ताइवान भ्रमणको विषयमा सोधिएको प्रश्नमा उनले सुरक्षाको कारण केही नबनाउने जवाफ दिएको थिइन्।

पेलोसीको ताइवान भ्रमणमा अमेरिका सरकार वा पेलोसीको कार्यालयले खण्डन भने गरेको छैन । अमेरिकी सेनाले ताइवान भ्रमण नगर्दा राम्रो हुने सुझाव दिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि नै सार्वजनिक गरेका छन्। अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङको पछिल्लो टेलिफोन संवाद पनि ताइवानको विषयमा केन्द्रीत रहेको थियो। टेलिफोन संवादमा दुवैले ताइवानको विषयलाई लिएर एकले अर्कोलाई चेतावनी दिएको समाचार आएको थियो ।

सीले पेलोसीको भ्रमणलाई लक्षित गर्दै अमेरिकालाई ‘आगोसँग नखल्ने भन्दै खेले जल्ने’ चेतावनी दिएका थिए । अमेरिकाले ताइवानको अवस्थालाई एकपक्षीय रुपमा परिवर्तन गर्न नखोल्न सीलाई चेतावनी दिएका थिए । चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्दछ र एकीकरण गर्ने बताउँदै आएको छ । अमेरिकाले ताइवानमाथि चीनले सार्वभौमिकताको दावीलाई स्वीकारे पनि एकपक्षीय रुपमा एकीकरण नगर्ने चेतावनी दिँदै आएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै चीन ताइवानमाथि आक्रमण गरेर आफ्नोमा मिलाउन सक्ने संभावना बढेको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले बताउँदै आएका छन् । युक्रेन युद्ध शुरु भए यता अमेरिकाले पनि पटक पटक आफ्नो अधिकारीहरुलाई ताइवान पठाएर चीनले आक्रमणबाट जोगाउने आश्वासन दिँदै आएका छन् । युक्रेन युद्धपछि ताइवानलाई ३ पटक हतियार बेच्ने प्रस्ताव अमेरिकाले स्वीकृत गरेको छ ।

चीनले गृहयुद्धपछि आफ्नो भूभागबाट छुटिएको एउटा क्षेत्रको रुपमा ताइवानलाई लिने गरेको छ । त्यसलाई आफ्नो भूभागमा मिलाउनका लागि सैन्यवलको प्रयोग गर्ने पछि नपर्ने जनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर