जनार्दन शर्माले नमाने देव गुरुङ वा शक्ति बस्नेतलाई अर्थमन्त्री बनाउने तयारी

नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा पुन अर्थमन्त्री हुन राजी नभएर देव गुरुङ वा शक्ति बस्नेनलाई जिम्मेवारी दिने तयारी गरेको छ ।

माओवादी केन्द्रका नेताहरुका अनुसार पहिलो प्रथामिकता शर्मा भएपनि उनी अनिच्छुक देखिएकाले उनको स्थानमा गुरुङ वा बस्नेत मध्ये एक जनालाई पठाउने छ ।

आज दिउँसो बस्ने स्थायी समितिको बैठकमा पनि त्यस विषयमा छलफल हुने उनीहरुले बताएका छन् ।

शुक्रबारको प्रेस सेन्टरकोकेन्द्रीय कमिटीलाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मा पहिलो प्राथमिकता रहेको बताएका थिए ।

तर शर्माले आफू निकटका नेताहरुसँग पुन अर्थमन्त्रालय जाने चाहना नभएको जानकारी गराएका थिए ।

बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई करको दर हेरफेर गर्न पहुँच दिएको आरोप लागेको त्यस विषयमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानविन विशेष समिति गठन गरेका थिए ।

११ सदस्यीय छानविन समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै अनाधिकृत व्यक्तिको प्रवेश भएको प्रमाण नदिएको जनाएको थियो।
त्यस लगत्तै शर्मा नै अर्थमन्त्रीमा फर्किने चर्चा भएको थियो। तर शर्मा अनिच्छुक देखिएपछि दोस्रो व्यक्तिको खोजी शुरु भएको हो ।
माओवादी निकट स्रोतहरुले बस्नेन भन्दा अर्थतन्त्रको विषयमा बढी जानकार गुरुङ रहेकाले अर्थ मन्त्रालय हाँक्ने संभावना बढी रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर