नेपाल फर्किइन् चिनियाँ राजदूत होउ यान्छी

चिनियाँ राजदूत होउ यान्छी स्वदेश गएको दुई महिनापछि नेपाल फर्किएकी छन् ।

कोभिड संक्रमण र आवतजावतमा कडा प्रतिबन्धका कारण झण्डै तीन वर्ष स्वदेश जान नपाएकी राजदूत यान्छी गत मे महिनाको ३१ तारिखका दिन हिमालयन एअरलाइन्सको उडानबाट खुन्मिङ हुँदै बेइजिङ गएकी थिइन् ।

दुई महिने छुट्टी र यसबीचका केही सरकारी काम सकेर उनी आइतबार छन्तु रुटबाट एअर चाइनाको उडान सीए ४३७ मा काठमाडाैं फर्किएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर