काठमाडौंमा नाम चलेका विद्यालयकै बस चालक मापसे गरेको भेटिए

काठमाडौं उपत्यकामा नाम चलेका विद्यालयकै बस चालकले मादक पदार्थ सेवन गरी बस चलाउने गरेको भेटिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले मापसे गरेर चलाइएका ५ वटा स्कुल बसका चालकलाई आइतबार कारबाही गरेको छ ।

नियम उल्लंघन गरी बस चलाइरहेको भन्ने प्राप्त गुनासोको आधारमा आइतबार बिहान ट्राफिक प्रहरीले १७५ वटा स्कुल बस चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका १६ मध्ये ५ वटा बसका चालकले मादक पदार्थ सेवन गरेको पाइएको हो ।

बाँकी १० वटाका चालकले सिट क्षतमाभन्दा बढी विद्यार्थी बोकेका र एउटा बसको अवस्था ठीक नभएको पाइएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

साउन ८ गतेदेखि स्कुल बस निर्देशिका–२०७४ विपरीत ट्राफिक नियम उल्लंन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियानअन्तर्गत ती बसका चालकलाई कारबाही गरिएको उनले बताए ।

उनका अनुसार प्रति बस चालकलाई रु. एक हजारका दरले जरिवाना तिराइएको छ भने उनीहरूले सचेतना कक्षा पनि लिनुपर्नेछ ।

‘चेकजाँच अभियान निरन्तर सञ्चालन हुनेछ,’ एसएसपी भट्टले भने, ‘नियम उल्लंघन गर्ने चालकलाई स्कुलले पुनः राख्न पाउँदैन । नयाँ चालक राख्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर