झापामा एक वर्षमा ३१ हजार बढीले लिए नागरिकता, ११ हजार बढीलाई राहदानी वितरण

जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७८/७९ मा नागरिकता लिनेको संख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिए । वंशजका आधारमा २० हजार २४१, वैवाहिक अंगीकृतका आधारमा पाँच सय ४९ र प्रतिलिपि १० हजार दुई सय ४१ जनाले नागरिकता लिएको उनले बताए ।

अघिल्लो आव २०७७/७८ मा १३ हजार २४ जनाले मात्र नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए । सो अवधिमा कोभिड–१९ का कारण लामो समय सार्वजनिक सेवा बन्द गर्दा नागरिकतालगायतका कार्यसमेत प्रभावित भएको थियो ।

रु. नौ करोड बढी राजस्व संकलन

आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन झापाबाट ११ हजार सात सय ४६ जनालाई राहदानी वितरण गरिएको छ । जसबाट मात्र रु आठ करोड ६५ लाख १५ हजार पाँच सय राजस्व संकलन भएको सहायक प्रजिअ न्यौपानेको भनाइ छ ।

उनका अनुसार सोही अवधिमा कार्यालयमा ७४ वटा संघसंस्था दर्ता, पाँच सय ६३ संस्था नवीकरण, नाबालक परिचयपत्र तीन सय ४१ वटा वितरण गरिएको छ ।

असार मसान्तसम्ममा प्रशासनले राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क, सम्पत्ति बिक्रीबापत रु. नौ करोड एक लाख ९२ हजार एक सय ९२ राजस्व संकलन गरेको छ । अघिल्लो आव २०७७/७८ को सोही अवधिमा छ हजार एक सय ८८ जनालाई मात्र राहदानी वितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर