भारत सरकारको अनुदान सहयोगमा तनहुँमा निर्मित विद्यालय भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा तनहुँमा निर्मित विद्यालय भवन उद्घाटन गरिएको छ ।

तनहुँको घिरिङ गाँउपालिकामा अवस्थित दीपक माध्यमिक विद्यालयको नवनिर्मित भवन आइतबार भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको नेरु.२ करोड १ लाख ९० हजारको अनुदान सहयोगमा सामुदायिक विकास परियोजनाको रूपमा उक्त विद्यालय भवन निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरूमध्येको एक हो ।

सन् १९७५ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको उक्त विद्यालय सन् २००० मा माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति भएको हो । उक्त विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ६० प्रतिशत छात्रा छन् ।

भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरूलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने काठमाडौंस्थित भारतीय राजदूतावासले विश्वास लिएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातवटै प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये तनहुँ जिल्लाका ६ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर