कार्यकर्ताको गुनासो सुन्न मन्त्री पार्टी कार्यालयमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सर्वसाधारणको आम चासोका समस्या समाधानमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
आइतवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगर पुगेर कार्यकर्ता तथा जनताको गुनासो तथा समस्याबारे जानकारी लिंदै उनले सर्वसाधारणको आम चासोका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् । मन्त्री श्रेष्ठसँग सर्वसाधारण तथा कार्यकर्ताहरुले व्यक्तिगत काम, स्थानीय समस्या तथा पुर्वाधार सम्वन्धी समस्या समाधानको माग गरेका थिए ।करिव दुई घण्टा पार्टी कार्यालय रहदा मन्त्री श्रेष्ठले झण्डै एक सय जनाको गुनासो सुनेका थिए ।

मन्त्री श्रेष्ठले जनताको समस्या समाधानमा आफु केन्द्रित हुने बताए । उनले आफुले कार्यभार सम्हालेको छोटो अवधिमै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याइ कार्यन्वयन अघि बढाएको बताए । सेवाग्राही जनतालाई छिटो र गुणस्तरीय सेवा प्रवाह गर्न आफु प्रतिवद्ध रहेको उनले बताए ।
आमनागरिकलाई मन्त्रालयमै गएर गुनासो राख्न असहज रहेको अवस्थामा पार्टी कार्यालयमा जनताको गुनासो सुन्ने व्यवस्थाले सेवाग्राहीलाई सजिलो भएको उनको भनाइ छ । आफुले लक्ष्य तोकेर अघि बढाएका योजनाहरुको परिणाम केही समयभित्र देखिने र त्यसले मुलुकलाई दीर्घकालीन रुपमा फाइदा हुने बताए ।
नेता, सांसद र मन्त्रीसम्म पहुँच नभएका नागरिकहरुका गुनासो सुन्न र समाधान गर्न पार्टीबाट सरकारमा गएका हरेक मन्त्रीलाई हप्ताको एक दिन पार्टी कार्यालयमा पुगेर गुनासो सुन्ने व्यवस्था गरिएको छ । मन्त्रीको निवास र मन्त्रालयमा धाउनुभन्दा पार्टी कार्यालयमै आफ्ना समस्या मन्त्रीसमक्ष राख्न पाउँदा सर्वसाधारण खुसी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर