वामदेव गौतमलाई झुलेको धानको वाला

वामदेव गौतम संयोजक रहेको नेकपा (एकता राष्ट्रिय अभियान) निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले आइतबार  गौतमको एकता राष्ट्रिय अभियानलाई दल दर्ताको प्रमाणपत्र तथा चुनाव चिन्ह प्रदान गरेको हो ।
एकता राष्ट्रिय अभियानको चुनाव चिन्ह गोलाकारभित्र झुलेको धानको वाला रहेको छ । नेकपा एमालेको उपाध्यक्षबाट राजिनामा दिएको  केही महिनादेखि स्वतन्त्र रहँदै आएका गौतमले गत असार १४ मा एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दलको घोषणा गरेका थिए ।
गौतमले वामपन्थी दलहरुलाई एक ठाउँमा ल्याउने बताउदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *