गृहमन्त्री खाणसँग वार्ता चलिरहेका बेला विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पूर्जी

गृहमन्त्री बालकृष्ण खाणसँग वार्ता चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

ललितपुर जिल्ला अदालतले विभन्न कसूरमा विप्लव र प्रकाण्डसहितका नेताविरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी गरेको हो ।

अदालतले विप्लव र प्रकाण्डसँगै मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई, सन्तोष बूढा मगर, नवीन विश्वकर्मा, उदयबहादुर चलाउनेलगायत नेताहरूविरुद्ध विभिन्न कसुर गरेको जनाउँदै ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनेको छ ।

तोकिएको समयभित्र उपस्थित नभए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुने पूर्जीमा उल्लेख छ ।

पछिल्लोपटक गत वैशाख ५ गते गृहमन्त्री खाण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा गृहमन्त्री खाणले वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए ।

निर्वाचनमा सहभागी हुनेबारे तत्कालीन समयमा खाण र प्रकाण्डबीचको वार्ता सकारात्मक रहेको भनिए पनि नेकपाले चुनावमा सहभागिता जनाएन ।

नेकपाले विभिन्न बाहानामा थुनामा रहेका पार्टीका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग राख्दै आएको छ ।

अदालतले जारी गरेकाे पक्राउ पूर्जी :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर