स्रोत नखुलेको १५ लाख ५० हजार नगदसहित भारतीय नागरिक पक्राउ

रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बाइपासबाट स्रोत नखुलेको नगद १५ लाख ५० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतीय नागरिक ४६ वर्षीय आशी साहुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले शंका लागेपछि जाँच गर्दा मोटरसाइकलमा सवार साहुको साथबाट उक्त नगद बरामद गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *