नर्भिकले भित्र्यायो अल्माको लेजर मसिन, छालाको अत्याधुनिक उपचार अब नेपालमै

नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको छ ।

सोमबार अस्पतालको स्कीन केयर सेन्टरमा आयोजित एक समारोहकाबीच इजरायलमा अवस्थित अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मसिनको अनावरण गरिएको छ ।

सप्लायर्स कम्पनीको तर्फबाट रामशरण मल्ल, नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालकी छाला रोग विशेषज्ञ डा. सिरपा बज्राचार्यले संयुक्त रूपमा अत्याधुनिक लेजर मसिनको अनावरण गरेका थिए ।

सप्लायर रामशरण मल्लका अनुसार अत्याधुनिक अल्माको डर्मा क्लियर मेसिन भित्र्याउने नर्भिक नेपालकै पहिलो अस्पताल हो ।

यो एउटै मेसिनको मद्दतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिन्छ । यो मेसिनको मद्दतबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरूलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ ।

यस्तै यसको ह्याण्ड पिस टिप ३६० डिग्रीमा रोटेड गर्न मिल्छ । मल्लका अनुसार मेसिनमा जडित पावर सक्सनका कारण छालाको भित्रैसम्म गाडिएर बसेको फोहोर राम्रोसँग बाहिर निस्किन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर